गवाही

 

अन्तर्वार्ता

interनेपाल मेथोडिस्ट काउन्सिलका महासचिव र १० वर्षदेखि उत्तम करार मण्डलीमा पास्टरको सेवा पुर्याउदै आउनुभएका पास्टर रत्न चपाईंले आइटीनको पाठ्यक्रम ख्रीष्टको जीवनी -६ अध्ययन गर्दै हुनुहुन्छ। पास्टर रत्न पाईंसँगको कुराकानीको केही ंश यहाँ प्रस्तुत गरिएको छः

आइटीनसँग कसरी परिचित हुनुभयो ?
मैले बुझ्दैनबुझेको समयमा हाम्रो मण्डलीमा एकजना साथीले आइटीनको बारेमा बताउनुभयो । भरपूर जीवनबाट एउटा विश्वासीले आफ्नो आत्मिक अवस्थालाई राम्ररी जान्न सक्दोरहेछ । यसको कारणले हाम्रो मण्डली आत्मिक तवरमा, शिक्षामा, विश्वासमा वृद्धि भएको र व्यवहारमा चेलापनका कार्यहरु असल भएका छन् । यसरी म आइटीनसँग परिचित भएँ।

मण्डलीमा कस्तो प्रभाव परेको छ ?
आइटीनको पाठ्यक्रम यस्तो रहेछ भन्ने बल्ल थाहा पाएँ । पहिले मैले कहिले कता, कहिले कताबाट खोजेर शिक्षा दिनेगर्थे। आइटीनको पाठ्यक्रम समूहमा अध्ययन गरेको शिक्षाले पुल्पिटबाट दिएको शिक्षामा पोषणको रुपमा ठूलो सहायता गरेको छ । सकरात्मकप्रभाव पार्दै गएर चेलापनमा वृद्धिहुन हाम्रो मण्डलीको लागि धेरै असल भयो । आइटीनको पाठ्यक्रम नेपालमा सुसमाचारको निम्ति असल ऊर्जा भएको छ । हाम्रो मण्डलीमा ख्रीष्टको जीवनी-६ पढ्ने पाँचजना छौं ।

तपाईंको व्यक्तिगत जीवनमा कस्तो प्रभाव परेको छ ?
मेरो व्यक्तिगत जीवनमा अध्ययनले निकै प्रभावकारी भूमिका खेलेको छ। मण्डलीका सदस्यहरु चेलापनमा असल र परिपक्व हुनु नै मेरो लागि फाइदा भएको महसुस गरेको छु।किनभने चेलापन हुनु भनेको

पास्टरलाई हलुको हुनु हो । आउँदा दिनमा यसको फल अझै राम्रो हुन्छ भन्ने प्रार्थना छ

आशिष्को थैलीको विषयमा तपाईंको हेराइ कस्तो छ ?
हाम्रो मण्डलीमा अध्ययन गर्ने ७५ प्रतिशत जतिले आशिष्‌को थैली बुझाएर मात्रै अगाडी बढेका छन् । जब आशिष्‌का थैली आउछन् म प्रार्थना गर्छु कि यसले आइटीनको लागि सहायता मिलोस् । अझै हृदय खोली दिन, विद्यार्थीहरुलाई हौसला दिन, आइटीन परिवारलाई अनुरोध गर्दछु । यसको प्रयोजनको बारेमा बताइदिएमा विद्यार्थीहरुले आफ्नो पैसाले धेरै काम गरेको रहेछ भन्ने बुझ्थे । आइटीनको पाठ्यक्रम नेपालकै असल पाठ्यक्रम हो ।

तपाईं नेपाल मेथोडिस्ट काउन्सिलको महासचिवको हैसियतमा तपाईंको सम्प्रदायका मण्डलीहरुमा आइटीन बारे के योजना छ ?
मेथोडिस्टमा सक्रिय मण्डलीहरु लगभग १०० जति छन् ।

तिनीहरुलाई पनि यो पाठ्यक्रम अध्ययन गराउने मेरो प्रार्थना छ । तर हालसम्म विभिन्न कारणले लागू हुन सकेको छैन । प्रयोगात्मकरुपमा लागू गर्ने इच्छा छ । सबै कुरा प्रभुको हातमा छ र कुनै दिन समय आउला भनेर प्रतीक्षामा छु ।

नेपालका विभिन्न सम्प्रदायका मण्डलीहरुलाई पनि केही भन्न चाहनुहुन्छ कि ?
जसरी म उत्साहित र आशिषित भएको छु, सम्पूर्ण मण्डलीहरुले      परमेश्वरको बोलावट पूरा गर्न, चेला बनाउन, सुसमाचारको निम्ति सुसज्जित हुन आइटीनको शिक्षा लिएमा धेरै फाइदा हुन्छ भन्ने मेरो व्यक्तिगत सल्लाह छ ।