चिडियाखानामा सुसमाचार प्रचार
नवजीवन मण्डली कुपण्डोलमा ख्रीष्टको जीवनी-५ अध्ययन गर्ने समूहले अध्ययन मात्रै हैन सुसमाचार प्रचार पनि गर्नुपर्छ भन्ने उद्देश्यले शनिबार सेवापछिजावलाखेलको चिडियाखाना मनोरञ्जन गर्न आएकाहरुलाई सुसमाचार प्रचार गर्यो । ख्रीष्टको जीवनी-५ बाट छलफल र प्रचार गर्ने उद्देश्यले सो समूह चिडिखाना गएको थियो । मानिसहरु धेरै भएर बस्न े निश्चित ठाँउ पनि थिएन ।सबै मानिसले खाईपिई रमाइलो गरिरहेको बेला चउरको एक कुनाको भूइँमा हामी बस्यौं । हाम्रो हातमा बाइबल र पुस्तक देखेर मानिसहरुले हामीलाई हेरेर ए क्रिश्चियन पो रहेछन् भन्दै थिए ।रंङ्गीबिरङ्गी चराचुरुङ्गीहरुको खेलको बीचमा पारिलो घाममा सुन्तला र मकै खाँदै पढ्नुमा छुट्टै आनन्द थियो । अध्ययन सकिएपछि हातमा पर्चा लिएर बाँड्न उठ्यौं । मिलन र र्सर्जु दाइले पर्चा बाँड्न थालेपछि हामीले पनि बाँड्न सुरु गर्यौं । मानिसहरुले नसुन्लान् जस्तो लागेको थियो तर चाख मानेर सुसमाचार सुन्दा र कहाँ सर्म्पर्क राख्ने भनी सोध्दा परमेश्वरलाई धन्यवाद दियौं । जति व्यस्त भए पनि समय मिलाएर आगामी दिनहरुमा प्रचारप्रसार गर्नुपर्छ भनी हामीलाई उत्साह मिलेको छ ।
-सुस्मिता पाण्डे काठमाडौं.
|