गवाही

 

आज्ञापालन

kiyभरपूरजीवन किताबको आज्ञापालन पाठबाट धेरै आशिष् पाएँ । मानिसहरुले बाहिरी स्वभावलाई हेरेर न्याय गर्छन् । तर येशू ख्रीष्टले आज्ञापालनको आधारमा न्याय गर्नुहुन्छ । परमेश्वरको अगाडि कुनै पनि कुरा गोप्य राख्न सक्दैनौं । हामीले बोल्ने कुरामा येशूको आज्ञापालन गर्न हामीले असल शब्दहरु मात्र प्रयोग गर्नुपर्छ । ख्रीष्टियानको मुखबाट छाडा शब्द निस्कनुहुँदैन । कामद्वारा उदाहरणीय बन्नुपर्छ । कमजोरीहरुलाई खुल्लारुपमा स्वीकार गर्नुपर्छ ।                                                                                                                                                                          

  • मेशककुमार चौधरी, कैलाली

 

मेरो आइटीन अध्ययन

latika

म नेपालको पूर्वी भेग पाँचथरमा जनजाती परिवारमा हुर्के। पढ्ने सिलसिलामा सबै परिवारकाठमाडौं  आयौं। म पढ्ने क्रममा त्रिभुवन विश्वविद्यालय पुगें, त्यहाँ मेरो भेट क्रिश्चियन साथीहरूसँग भयो। चर्च आउने क्रममा दुई वर्ष नबित्दै २००४ सालमा प्रभु नै मेरो जीवनको मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ भनी ग्रहण गर्न पुगें। २००५ मा बप्तिस्मा लिएँ र चर्चका अगुवाहरूबाट आइटीन पढ्ने प्रेरणा मिल्यो।
त्यसअघि बाइबल अध्ययन तरिकालाई राम्ररी बुझेकी थिइँन साथै पवित्र आत्माको भरपूरी र शक्तिलाई अनुभव गर्न पनि चाहन्थें। प्रार्थनासहित भरपूर जीवन अध्ययन गर्ने मौका पाएँ। त्यसपछिको जीवन सत्यतामा र परमेश्वरमा नै भरोसा राख्ने निर्णयमा झनै दह्रो आत्माविश्वास बढेको छ। बाइबल सम्बन्धि गहिरो अध्ययन गर्न इच्छा भएकाहरूले, प्रभुमा जीवन जिउन चाहने मानिसहरूले आइटीन अध्ययन गर्न म लाभदायक ठान्छु। प्रभुको डर र भयमा रहने जीवन आइटीनका पुस्तक अध्ययनले मलाई सिकाएको छ। अहिले साथीभाइहरूलाई सु-समाचार सुनाउने मेरो बलियो जगको माध्यम नै आइटीनका पुस्तक अध्ययन गर्नु हो र म आइटीन अध्ययनलाई निरन्तरता दिन चाहन्छु। त्यसैले म यहाँहरूसँग यही अनुरोध गर्दछु कि यहाँहरूले पनि आइटीनका पुस्तकहरू अध्ययन गर्नुहोस् र अरूलाई पनि उत्साह दिनुहोस्।        

  • लतिका किराँत ललितपुर

 

ख्रीष्टलाई पाउनभन्दा अगाडि दुष्मनी थियो

मलाई बाहिर गएर बाइबल कलेज गर्ने ठूलो इच्छा थियो तर परिवार र पेशाको कारणले जान सकिनँ। आइटीनको पाठ्यक्रम घरमा बसेर बाइबल कलेज गर्न पाएको छु। अध्ययनबाट विशेष आशिष् पाएको छु। यो मेरो लागि सौभाग्य हो। मत्ती र सिमोन कनानीमा ख्रीष्टलाई पाउनुभन्दा अगाडि दुष्मनी थियो। ख्रीष्टलाई पाएपछि दुवै ख्रीष्टको प्रेममा मिलेको देख्दा मलाई धेरै आशिष् मिलेको छ। किताबमा देखाइएको चित्रमा मत्तीले पैसाको थैली फालेको र सिमोनले चक्कु फालेको चित्रले स्पष्ट पारेको छ। हामी पनि समाजमा ख्रीष्टको प्रेमले मत्ती र सिमोन कनानीजस्तै मिल्नुपर्छ भन्ने आशिष् पाएको छु।                                                                        


            बासु दंगाल, सिमरा

तालिम अति सरल तर धेरै उपयोगी छ...

tasiबाइबल सम्बन्धि शिक्षा दिन धेरै सेमिनरी र तालिम केन्द्रहरू छन्। धेरैले यसबाट फाइदा लिइराखेका छन् भने कतिले समय र पैसाको नोक्सान मात्र गरिरहेका छन्। पढ्नु मात्र होइन तर दैनिक व्यहारमा प्रयोग गरे मात्रै तालिमको महत्त्व हुन्छ। मैले पनि आइटीनको शिक्षक तालिम लिने मौका पाएँ। यो तालिम अति सरल तर धेरै उपयोगी छ। यसको उद्देश्य हरेक विश्वासीले बाइबलको ठीक शिक्षा प्राप्त गर्न सकून् भन्ने हो।साधारण विश्वासीहरूले प्रायः सुन्ने मात्र गर्छन् तर प्रत्यक्ष सहभागी हुँदैनन्। आइटीनको साधारण तरिकाको पाठयक्रमले सबैलाई छलफलमा समावेश गराँउछ। यस तरिकाले हरेक विश्वासीले बाइबलको विषयमा स्पष्ट प्रकारले बुझ्ने मौका पाउँछ। दोस्रो कुरो यसले सिकेका कुराहरूलाई व्यवहारमा प्रयोग गर्न जोड दिन्छ। विषेशगरी लामो समय तालिमको निम्ति दिन नसक्ने गाउँका मानिसहरूका निम्ति यो अति नै प्रभावकारी छ। मानिसहरूले पढ्छन् मात्र तर अध्ययन गर्दैनन्, अध्ययन गरे पनि व्यवहारमा प्रयोग गर्दैनन्। आइटीनका पाठहरूले अध्ययन र व्यवहारमा प्रयोग दुवैलाई जोड दिएको छ। हरेक पाठहरू सजिलो छ तर शिक्षामा गम्भीरता छ।यो अति प्रभावकारी भएको हुनाले हरेकले आफ्नो जीवनमा नयाँ दर्शन पाउन सक्छ। सामुहिक छलफलले मानिसलाई नयाँ आशिष्‌को अनुभव, सेवा गर्न प्रेरणा र बाइबलका रहस्यमय कुराहरू बुझ्न मद्दत गर्छ। आइटीनका पाठयक्रमहरू अध्ययन गर्नु परमेश्वरको वचनसित नजिक हुनु हो।आइटीनको पाठयक्रमले परमेश्वरको वचनका गहिरा र रहस्यका कुराहरू बुझ्न Telescope वा Microscope को काम गर्छ।                                                               -डा.टासी पी. शेर्पा, ललितपुर